धनगढीमा ओलीविरुद्ध प्रचण्ड–नेपाल समुहका विद्यार्थीले टायर बालेर विरोध जनाए

धनगढी २४ पुष
प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनका लागि मञ्च बनाइएको धनगढीको खुल्ला मञ्च नजिक प्रचण्ड–नेपाल पक्षको अनेरास्ववियुका कार्यकर्ताले टायर बालेर विरोध जनाएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत अनेरास्ववियुले प्रधानमन्त्रीको विरोध स्वरुप टायर बालेको हो।
ओलीलाई ६ ठाउँमा कालोझण्डा देखाएका छन । प्रधानमन्त्री आउने भएपछि धनगढीको सुरक्षा व्यवस्था निकै कडा बनाइएको छ । प्रधानमन्त्री ओली नेकपाको आफ्नो पक्षको सुदूरपश्चिम प्रदेश कमिटीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्न धनगढी आउनु भएको हो ।

You might also like