बुटवलमा अर्गानीक परिकार सहित पारिवारीक स्वादमा आमा भान्साघर शुभारम्भ
बुटवल २४ पुस
बुटवलमा अर्गानीक परिकार सहित पारिवारीक स्वादमा आमा भान्साघर शुभारम्भ भएको छ ।
भान्सा घरमा घरेलु र पहाडीया कोदो, फापर, लोकल कुखुरा, लौकाट, बट्टाई , कालिज लगाएतका नेपाली खानाका परिकारको व्यवस्था गरिने भएको छ ।
शुक्रबार एक समारोहका बिच होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देहीका अध्यक्ष समुन्द्र जिसी,भान्साघरका आमा चन्द्रकला क्षेत्री, संघका वरिष्ठ उपाध्यक्ष जीवन कुमार श्रेष्ठ, महासचिव माधव कुमार खनालले भान्साघरको औपचारिक उद्घघाटन गर्नु भएको हो ।
संघका अध्यक्ष जिसीले पर्यटन नगरी बुटवलमा सुविधा सम्पन्न होटल तथा रेष्टुरेन्ट खुल्ने क्रममा रहेको भन्दै नया र फरक ढंगका भान्साघरको पहिचान हुने बताउनु भयो । देशमा ६० हजारभन्दा बढीले संचालन गरेका मध्यम वर्गका लक्षित नीति बनाउन सरकार चुकेको उनले दाबी गरे । निक्कै लामो प्रयास पछि होटल ब्यवसायलाई मर्यादित पेशा बनाउने काममा आफुहरु लागेको उहाँले बताउनु भयो ।आन्तरिक पर्यटकको विकास गर्नका लागि घुमफिरको योजना संस्थाले अगाडी सारेको समेत उहाँले बताउनु भयो ।
भान्साघरका संचालीका सुश्मा क्षेत्रीले महिलाहरु आर्थिक रुपमा पछि परेको बेला सेवा उद्योगका रुपमा भान्साघर शुरु गरेका र महिलालाई रोजगारीमा पहिलो प्राथमिकता प्रदान गर्ने बताउनु भयो ।
भान्साघरमा ७ जना महिलाहरुले रोजगार पाएका छन । लामोसमय वैदेशिक रोजगार गरि फर्किएका संचालक सुरेश क्षेत्रीले स्वरोजगार बन्न भान्साघर संचालन गरेको बताउनु भयो ।