प्रतिगमन बिरुद्ध राजनैतिक दल र नागरिक समाज एउटै मोर्चामा –अधिकारकर्मी खनाल

बुटवल,२५ पुस ।
मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय बरिष्ठ उपसभापति गोबिन्द खनालले संबिधानको रक्षाको लागि २०६२÷०६३ का जनआन्दोलनका पक्षधरहरु एक ठाउँमा उभिनुपर्ने बताउनु भएको छ ।

संसद बिघटन भएसँगै आन्दोलनका उपलब्धीहरु गुम्ने खतरा रहेको भन्दै उहाँले संबिधानको रक्षाका लागि २०६२÷०६३ का जनआन्दोलनका पक्षधरहरु एक ठाउँमा उभिनुपर्नेमा जोड दिनुभयो ।

अदालतबाट संसद ब्युतिने विश्वास व्यक्त गर्दै खनालले अदालतबाट संसद ब्युतिन नसके स्वतः ब्युताउनु पर्ने बिचार व्यक्त गर्नुभयो ।

संसद बिघटनको बिरोधमा नेपाली कांग्रेसद्वारा आज बुटवलमा आयोजित बिरोध सभामा बोल्दै उहाँले उक्त कुरा बताउनु भएको हो ।

उहाँले अग्रमनका लागि संपुर्ण लोकतन्त्रबादी शान्तिपुर्ण आन्दोलनमा उत्रिन आव्हान समेत गर्नुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता युवराज गिरि, बालकुमारी भन्डारी,रामप्रसाद अधिकारी, पर्शुराम ढकाल, रामबहादुर कार्की, हरिबहादुर आचार्य, बरिष्ठ अधिबक्ता गोकर्णसिंह थापा,लगायतले बोल्दै असंवैधानिक रुपमा गरिएको संसद बिघटन अदालतले पुनस्थापित गर्नुपर्नेमा जोड दिनु भएको थियो ।

You might also like