भुटानमा पहिलो पटक एक कोरोना संक्रमितको मृत्यु

काठमाडौं,२५ पुस ।
भुटानमा पहिलो पटक एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

शुक्रबार कोरोना संक्रमित ३४ वर्षीय एक पुरुषको मृत्यु भएको भुटानी स्वास्थ्य मन्त्रालयले जनाएको छ । ती व्यक्ति कलेजो तथा मिर्गौलाको समस्याबाट समेत पीडित रहेको जनाइएको छ ।

भुटानमा हालसम्म ७ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४ सय ६५ जना उपचारपछि निको भएका छन् । हाल भुटानमा सक्रिय संक्रमितको संख्या ३ सय ५ रहेको छ । भुटानमा हालसम्म ३ लाख २१ हजार ८ सय ४४ जनाको परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

You might also like