संसद बिघटनको बिरोधमा नेपाली कांग्रेसद्धारा सबै प्रदेश सभा निर्वाचन क्षेत्रमा बिरोध सभा

प्रधानमन्त्री र राष्ट्रपति मिलेर संवैधानिक र मौलीक अधिकार खोसे:– खाँण

बुटवल, २५ पुस ।
संसद बिघटनको बिरोधमा नेपाली काँग्रेसले आज देशभरका प्रदेश सभा निर्वाचन क्षेत्रमा बिरोध प्रदर्शन गरेको छ ।

देशव्यापी बिरोध प्रदर्शन गर्ने कांग्रेस केन्द्रीय समितिको निर्णय अनुसार आज रुपन्देहीका १० वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा बिरोध सभा तथा प्रदर्शन भएको छ ।
जिल्लामा ५ वटा निर्वाचन क्षेत्र अन्तर्गतका १० प्रदेश सभा निर्वाचन क्षेत्रमा बिरोध सभाहरु सम्पन्न भएको हो ।

बिरोध सभामा बोल्दै काँग्रेस नेताहरुले कम्युनिष्टहरु प्रजातन्त्र र लोकतन्त्रबादी हुनै नसक्ने कुराको पुष्टि भएको बताए । दुइ तिहाइको सरकार प्रमुखले पार्टीको अन्तरिक कलह मिलाउन नसकेर संविधान च्यात्ने काम गरेको भन्दै काँग्रेस नेताहरुले लोकतन्त्र र जनाधिकार रक्षाकालागि काँग्रेसको बिकल्प नभएको बताए ।

रुपन्देही क्षेत्र नं. ३ (१) को भैरहवामा भएको कार्यक्रमलाइ सम्बोधन गर्दै काँग्रेस केन्द्रिय सदस्य बालकृष्ण खाँणले प्रधानमन्त्री र राष्ट्रपति मिलेर जनताको संवैधानिक र मौलीक अधिकार खोसेको बताउनुभयो ।

प्रतिनिधि सभा बिघटनको कदम असंवैधानिक र अलोकतान्त्रिक रहेको भन्दै उहाँले प्रधानमन्त्री केपि शर्मा ओली नसच्चीए सरकार मात्रै नभइ कम्युनिष्टहरु नै समाप्त भएर जाने चेतावनी दिनुभयो ।

पुर्व रक्षामन्त्री समेत रहनुभएका नेता खाँणले प्रम ओलीको असंवैधानिक कदमलाइ साथ दिएर राष्ट्रपतिले आफुलाइ नेपाली जनताको नभइ ओलीको राष्ट्रपतिको रुपमा उभ्याएको अरोप समेत लगाउनुभयो ।

नेपाली कांग्रेस क्षेत्र नं. २ (१) का सभापती पुरन प्रसाद श्रेष्ठ,प्रदेश सांसद रमा अर्याल,नगरसभापती दिलीप धिताल, प्राध्यापक संघका शंकर पन्थी लगायतले बोल्दै संविधान र जनाधिकार रक्षाकालागि काँग्रेसले चाल्ने हरेक कदमलाइ नेपाली जनताले साथ दिने विश्वास व्यक्त गर्नुभयो ।

नेता खाँणले क्षेत्र नं. ३ (१)को अमुवामा भएको भेलालाइ पनि सम्बोधन गर्नुभएको थियो ।

यता रुपन्देही क्षेत्र नं. २ ख को ड्राइभरटोलमा भएको बिरोध सभालाइ काँग्रेस नेताहरु महासमिति सदस्य काजिमान श्रेष्ठ,क्षेत्रीय सभापती हरी लम्साल,२ (२) का सभापती माधवलाल देवकोटा,महाधिवेशन प्रतिनिधि मनोरमा शेरचन,जिल्ला सदस्य जितबहादुर मल्ल, तरुणदलका सचिव रमेश शाही,नेविसंघका केन्द्रिय उपाध्यक्ष मुक्ति पौडेल,भुपु सैनीकका लालबहादुर भण्डारी, १ का वडा सभापती जोवन सिंह ठकुरी,उपसभापती मुक्ती अधिकारी,सचिव राममाया पौडेल लगायतले बोल्दै तीन बर्षमा जनहितका एउटा पनि काम गर्न नसकेको कम्युनिष्ट सरकारले संसद नै भंग गरेर संविधान माथिकु गरेको बताउनुभयो । वत्ताहरुले कम्युनिष्ट सरकार दुर्भाग्यपूर्ण रहेछ भन्ने कुराको पुष्टि भइसकेकाले अव नेपाली काँग्रेसको झण्डा मुनी गोलबन्द हुन सबैलाइ आग्रह समेत गर्नुभयोे ।

You might also like