प्रतिनिधि सभा विघटन रहस्यमयी, खेदजनक र भत्सर्नायोग्य–राष्ट्रिय जनमुक्ति पार्टी

बुटवल,२६ पुस ।
राष्ट्रिय जनमुक्ति पार्टीले प्रतिनिधि सभा विघटनको घट्ना रहस्यमयी, खेदजनक र भत्सर्नायोग्य भएको जनाएको छ ।

पार्टीको हालै सम्पन्न स्थायी कमिटी बैठकले यही पुष ५ गते घटाईएको प्रतिनिधि सभा विघटनको घट्ना रहस्यमयी, खेदजनक र भत्सर्नायोग्य भएको निष्कर्ष निकालेको हो ।

प्राप्त सुविधाजनक जनादेशमाथि कुठाराघात गर्दै आपसी कलह र द्वन्द्वका आवरणमा चालिएको यो कदमले देशलाई पुनः अस्थिरता तर्फ धकेल्ने निश्चित भएको भन्दै बैठकले यो घट्नाले देशको राजनीतिमा थप जटीलता सृजना गर्नुका साथै हाल सम्म प्राप्त उपलब्धीहरूको स्थायित्वमा समेत चूनौति खडा गरेको ठहर गरेको छ ।

संसद बिघटन गर्ने कदमको जनस्तर र सडकबाट खबरदारीका लागि पार्टीले पहिलो चरणमा प्रदेश राजधानीहरूका साथै काठमाडौंमा “विरोध तथा खबरदारीसभा“ आयोजना गर्ने निर्णय गरेको पार्टीका महासचिब केशव सूर्यवंशीद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।

बैठकले पार्टीको ३०औं स्थापना दिवस (२०७७ माघ ६ गते) रचनात्मक कार्यक्रम सहित भव्य रूपमा मनाउनका लागि मातहतका पार्टी संगठन, जनसंगठनहरूका साथै प्रवास समिति (जनमुक्ति मञ्च) लाई समेत निर्देशन र आव्हान गरिएको पार्टीका उपमहासचिव तथा जनमुक्ति एकेडेमी प्रमुख टोप अस्लामीले जानकारी दिनुभयो ।

You might also like