बाँकेमा दाङ र रोल्पाका २ जना कोरोना संक्रमित महिलाको मृत्यु

नेपालगन्ज,२६ पुस ।
बाँकेमा दांङ र रोल्पाका गरी थप २ जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बबई ६ दांङकी ८० वर्षीया महिला र रोल्पा लिवांङ ४ की ४० वर्षीया महिला रहेका छन् ।

स्वास्थ्य कार्यालय बाँकेका अनुसार गत पुस १० गते भेरी अस्पतालमा भर्ना भएकी दांङकी ८० वर्षीया महिलाको आज बिहान ६ः३० बजे र पुस २५ गते नेपालगन्ज मेडिकल कलेज कोहलपुर भर्ना भएकी रोल्पाकी ४० वर्षीया महिलाको बिहान ३ः३० बजे मृत्यु भएको हो ।

कोभिड १९ उपचारका क्रममा गरिने सबै उपचार बिधि अपनाउँदा समेत उनीहरुलाई बचाउन नसकिएको स्वास्य कार्यालय बाँकेका कोरोना फोकलपर्शन तेज ओलीले जानकारी दिनुभयो ।

यससँगै बाँकेमा बाहिरी जिल्लाबाट उपचार गर्न आएका कोरोना संक्रमित मृतकको संख्या ८२ पुगेको छ ।

You might also like