तेस्रो लाफा खुल्ला ब्याडमिन्टन माघ २३ देखि

बुटवल, २६ पुस
लाफा समूह बुटवलले तेस्रो लाफा खुल्ला तथा भेट्रान्स पुरुष डबल व्याडमिन्टन प्रतियोगिता २०७७ गर्ने भएको छ ।
खेलाडीहरुलाई प्रोत्साहन गर्ने लक्ष्यसहित माघ २३ र २४ गते दुई दिन प्रतियोगिता गर्ने भएको हो । बुटवलमा पत्रकार सम्मेलन गरि प्रतियोगिता आयोजनाका लागि विभिन्न उपसमिति गठन गरि काम अघि बढेको लाफा समुहका अध्यक्ष तारा रेश्मी मगरले बताउनु भयो ।
प्रतियोगिताको खुल्लातर्फ उपाधि विजेताले नगद ५५ हजार ५ सय ५५, उपविजेताले नगद ४१ हजार ५ सय ५५ र तृतियलाई ३१ हजार ५ सय ५५ रुपैया, ट्रफि मेडल प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । भेट्रान्स तर्फ २५ हजार ५ सय ५५, १५ हजार ५ सय ५५ तथा तृतियलाई १० हजार ५ सय ५५ रुपैया ट्रफि मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने तथा प्रतियोगितामा उत्कृष्ट, अनुसासित र उदयमान खेलाडीहरुलाई समेत पुरस्कृत गरिने छ । संरक्षक बासुदेव लामिछानेले खेलको विकासमा नीजि लगानीमा पुर्वाधार निर्माण गर्ने प्रतिवद्घता जनाउदा समेत स्थानिय सरकारबाट जग्गा उपलब्ध नभएको गुनासो गर्नु भयो । प्रतियोगिता संयोजक ज्ञानु सारुले टप रेर्किङभन्दा बाहिरका खेलाडीहरुले भाग लिने बताउनु भयो । दोस्रो संस्करणमा भन्दा टिम बढ्ने आयोजकको अनुमान छ । विस २०७६ सालमा स्थापित यस लाफा समूह यस क्षेत्रको सामाजिक संस्थाहरु मध्ये एक फरक पहिचान बनाएको छ । प्रतियोगिता आयोजनामा १६ लाख ४० हजार खर्च हुने अनुमान रहेको आयोजकले बताएका छन । वैदेशिक रोजगारमा रहेका लाफाका सदस्यहरुबाट सहयोग जुटाएर प्रतियोगिता गर्दै आएको आयोजकले बताएका छन ।

You might also like