रुपन्देहीको सियारीकी ७२ वर्षीया बद्धामहिला एकसाता देखि बेपत्ता

बुटवल २७ पौष,
रूपन्देहीको सियारी गाउँपालिका –५ बन्घुसरीबाट यही पुस २० गतेदेखि हराउनु भएकी ७२ वर्षीया वृद्धा लक्ष्मी सुवेदीको परिवारले आफ्नी आमाको खोजी गरिदिन सबैसँग अनुरोध गरेका छन । धेरैकुरा बिर्सने समस्याका कारण बाटो बिराएर अन्यत्र जहाँ पुग्नु भएको भएपनि आफूहरूलाई खबर गरिदिन उहाँको परिवारले आग्रह गरेको हो ।
मीठो बोली भएकी, छोराहरूको नाम र आफ्नो घर बन्घुसरी एवम् छपिया भएको बताउन सक्ने र चिया पिउन रूचाउने उहाँको सात दिनदेखि धेरै ठाउँमा खोजी गर्दासमेत नभेटिएको भन्दै परिवारले दुःखेसो गरेको छ । साथै, आमासँग भेट गराइदिनेलाई दश हजार रूपियाँ पुरस्कार समेत दिने छोरा मञ्जिल सुवेदीलेबताउनु भएको छ ।
२० गते घरबाट निस्कँदा कालो–पहेंलो लुंगी, हल्का रातो सल, स्विटर, कालो ऊनको टोपी र निलो चप्पल लगाउनुभएकी उहाँलाई २२ गतेतिर हरैया क्षेत्रका बासिन्दाले देखेको बताएपनि भेटाउन नसकिएको भन्दै वृद्धा आमाको उद्दार तथा कल्याणका लागि नजिकैको प्रहरी, सञ्चारमाध्यम वा आफ्नो मोबाइल ९८५७० ३९ ९९२ मा खबर गरि सघाउ पु¥याइदिन सुवेदीले अनुरोध गर्नुभएको छ ।

You might also like