थप ४८८ जनामा संक्रमण, ५२७ जना डिस्चार्ज

बुटवल,२७ पुस ।
नेपालमा सोमबार थप ४८८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ५ हजार ३०९ नमुना परीक्षण गर्दा १९२ महिला र २९६ पुरुष गरी ४८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६५ हजार २६८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ५ सय २७ जना कोरोना संक्रमित निको भएका छन् । यससँगै नेपालमा अहिलेसम्म २ लाख ५८ हजार ९ सय ६८ जना कोरोना संक्रमित निको भएका छन् ।

यस्तै गएको २४ घण्टामा १० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ हजार ९ सय २७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर ४ हजार ३७३ संक्रिय संक्रमित रहेका छन् । उनीहरुमध्ये ३ हजार १४३ जना होम आइसोलेसनमा छन् भने १६३ जनाको आईसीयू र ३७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । हाल देशभर २ सय ३७ जना क्वरेण्टीनमा रहेका छन् ।

You might also like