कक्षा १२ को परीक्षा नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी

काठमाण्डौ,२ माघ ।
कक्षा १२ को परीक्षाको नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी भएको छ ।

गत मंसिरमा सञ्चालित परीक्षाको नतिजा माघ १० गतेसम्म सार्वजनिक गर्ने तयारी भइरहेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले जानकारी दिनुभयो ।

परीक्षार्थीको डाटा रुजु गर्ने काम अन्तिम चरणमा पुगेको भन्दै बोर्डका अध्यक्ष पौडेलले एक हप्ताभित्र नतिजा सार्वजनिक गर्ने बताउनुभयो ।

पुस दोस्रो साता सार्वजनिक हुने भनिए पनि डाटा रुजुमा ढिलाइ भएपछि नतिजा प्रकाशन एक महिना ढिलो हुन लागेको हो ।

नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण स्थगित कक्षा १२ को परीक्षा ९–१६ मंसिरमा सम्पन्न भएको थियो ।

You might also like