पार्टीको द्वन्द्व समाधान गर्न नसकेर सडकमा ढुंगा हान्न जानु लोकतन्त्र र जनमत विपरीत: उर्जामन्त्री रायमाझी

बुटवल २ माघ
ऊर्जा तथा जलस्रोतमन्त्री टोपबहादुर रायमाझीले एमसीसीबारेको निर्णय गर्न एक सेकेन्ड पनि ढिला गर्न नहुने बताउनु भएको छ । ‘देशलाइ हितमा राखेर,केहि बुँदा सच्चाउनुपर्ने भए सच्चाऔं,होइनभने फिर्ता गरौं ’उहाँले भन्नु भयो ।
लागु गर्ने की नगर्ने भन्ने बिषय लम्बाइ राख्नु उचित नहुने भन्दै उहाँले तत्कालै टुंगाउनुपर्ने बताउनु भयो । ‘एमसीसी ११ बर्षअघिदेखिको योजना हो,बिचमा बनेको सबै सरकारले राइट लगाउदै आएका थिए,अहिले विवादित बनाइएको हो,मैले लिएर आएको त होइन।’उहाँको कथन थियो ।
रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेशद्वारा शुक्रवार बुटवलमा आयोजित साक्षात्कारमा बोल्दै उहाँले नेपालमा अब करिब ५ सय मेघावाट विद्युत् उत्पादन बढ्दै गएको तर विस्तार गर्न ट्रान्समिसन लाइन नभएकाले एमसीसीबारेको निर्णय लिइहाल्नुपर्ने धारणा राख्नु भयो । ‘विद्युत् बढी हुने भए पनि ट्रान्समिटर लाइन विस्तार नहुदा त्यसलाई बेच्न पाइदैन,दैनिक एक अर्ब बराबरको घाटा हुन्छ ।’
लोडसेडिङ अन्त गर्न आफु २०७२ सालमा उर्जा मन्त्री हुदाको ९९ बुदे अभियानले काम गरेको भन्दै उहाँले भन्नु भयो— ‘लोडसेडिङ अन्त्य हुनुको कारण मेरो योजना हो,तर प्रचार अर्कै भयो ।’
रायमाझीले नेकपाको आपसी लडाइपछि प्रधानमन्त्रीले सिष्टम बचाउन संसद बिघटन गर्नुपरेको र यो बाध्यात्मक परिस्थितीको कारण भएको उहाँको तर्क रहेको छ ।
उहाँले भन्नु भयो—‘यो संविधान सम्बत छ,संसद बिघटन अग्रगामी कदम हो,अब संसद पुर्नस्थापना हुन्न,देश चुनावमा गैसक्यो।’
अहिलेसम्मका उपलब्धि संस्थागत गर्न आफु सरकारमा गएको भन्दै उहाँले अहिले सरकार,मन्त्रालय बचाउन आफुहरु लागिपरेको बताउनु भयो । पार्टीको द्वन्द्व समाधान गर्न नसकेर सडकमा ढुंगा हान्न जानु लोकतन्त्र र जनमतविपरीत रहेको उहाँले बताउनु भयो ।
नेकपा फेरि एक हुन्छ भन्ने पत्रकारको जिज्ञासामा उहाँले भन्नु भयो—‘अहिले नेताहरुले एकले अर्काेलाइ पांडे गाली गर्दे हिडेका छन्,त्यो आवश्यक छैन,भोली एकैठाउ हुनपनि सकिन्छ,यो राजनीति हो राजनीतिमा असंभव त केहि हुन्न नी ।’
साक्षात्कार कार्यक्रम रामकुमार क्षेत्रीको अध्यक्षता तथा क्लवका सचिव कपिल ज्ञवालीको संचालनमा भएको थियो ।

You might also like