कांग्रेसले आज सबै पालिकामा प्रदर्शन गर्दै

काठमाण्डौ,३ माघ ।
नेपाली कांग्रेसले आज देशभरका सबै पालिकाहरुमा विरोध प्रदर्शन गर्दैछ ।

प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गरिरहेको कांग्रेसले पूर्वनिर्धारित कार्यक्रमअनुसार आज देशका सात सय ५३ वटै पालिकामा प्रदर्शन गर्न लागेको हो ।

गएको पुस १९ गते बसेको कांग्रेसको केन्द्रीय समिति बैठकले संसद विघटनविरुद्ध पुस २५ गते ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्र, माघ ३ गते ७ सय ५३ वटा पालिका र माघ ८ गते ७ सय ५३ पालिकाहरुका ६ हजार ७ सय ४३ वडाहरुमा विरोध प्रदर्शन एवम् सभाको आयोजना गर्ने निर्णय गरेको थियो ।

कांग्रेसले पुस २५ गते प्रदेशसभा निर्वाचन क्षेत्रमा र पुस १३ गते निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरिसकेको छ । पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि कांग्रेस आन्दोलित छ।

कांग्रेसभित्र पनि आन्दोलन कि चुनाव भन्ने मत विभाजन भएको चर्चा भइरहेका बेला सभापति शेरबहादुर देउवाले आन्दोलनमा सहभागी हुन नेता कार्यकर्ताहरुलाई अपिल गर्नुभएको छ ।
यता नेपाली कांग्रेसले गरेको केन्द्रिय सर्कुलर अनुशार रुपन्देहीका १६ वटा स्थानमा विरोध सभाको तयारी पुरा भएको सो पार्टीले जनाएको छ ।

जिल्लाका सबै स्थानिय तहमा केन्द्रिय र जिल्ला नेताहरुको उपस्थितीमा विरोध कार्यक्रमको तयारी भएको जिल्ला सभापती अब्दुल रज्जाकले बताउनुभयो । रुपन्देहीमा पार्टिका नेताहरु बालकृष्ण खांण , अर्का नेता भरत कुमार शाह र जिल्ला सभापती अब्दुल रज्जाकसहितका जिल्ला पदाधिकारी क्षेत्रिय र नगरका पदाधिकारहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

बुटवल उपमहानगरपालिकाको ट्राफिक चोक, सैनामैनानगरपालिकाको बुद्धनगर, तिलोत्तमानगरपालिकाको मणिग्राम, देवदहनगरपालिकाको खैरेनी, सिदार्थनगरपालिकाको भैरहवा र लुम्बिनी सांस्कृतिक नगरपालिकाको महिलावार बजारमा विरोध प्रर्दशन र सभाको तयारी गरिएको हो ।

त्यसैगरि रुपन्देहीको रोहिणीगाउपालिकाको पोखरभिण्डी, ओमसतियाको हाटिफर्साटिकर, शुद्धोधनको फर्साटिकर, सियारीको हर्नैया , गैडहवाको मंगालहपुर, कञ्चनगाउपालिकाको हरैया बजारमा कार्यक्रम तय गरिएको छ । त्यसैगरि मयादेवी गाउपालिकाको वरकसिया, कोटहीमाईको मजगांवा, मर्चवारीमाईको वडवासिया, सम्मरीमाईको रोहिणीहवा तय गरिएको छ ।

You might also like