स्थापना दिवसको अवसरमा जनमुक्ति पार्टी र युवा महासंघद्वारा रक्तदान
बुटवल,४ माघ ।
राष्ट्रिय जनमुक्ति पार्टीको स्थापना दिवस को पुर्व सन्ध्यामा पार्टीको रुपन्देही जिल्ला कमिटीको आयोजना र जनमुक्ति युवा महासंघ रुपन्देहीको सक्रियतामा जिल्ला भवन मंगलापुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल रेडक्रस सोसाईटी रुपन्देहीको सहकार्यमा भएको उक्त रक्तदान कार्यक्रममा राष्ट्रिय जनमुक्ति पार्टीले ८० पोईन्ट ब्लड सकलन भएको युवा महासंघ रुपन्देही अध्यक्ष हेमन्त बुढाथोकी मगरले जानकारी दिनुभयो ।
रक्तदान गर्नेहरुलाई पार्टीको ३० औ स्थापना दिवसको दिन सम्मान पत्र सहित सम्मान गरिने पार्टीका जिल्ला अध्यक्ष प्रेम थापाले बताउनु भयो ।
राष्ट्रिय जनमुक्ति पार्टी रुपन्देहीले पार्टीको ३० औ स्थापना दिवस यही माघ छ गते तिलोत्तमा स्थित बनबाटिकामा भब्यताका साथ मनाउने तयारी गरेको अध्यक्ष थापाले जानकारी दिनुभयो ।