एम्बुलेन्स र अटो ठोक्किँदा झापाको दमकमा दुईजनाको मृत्यु

दमक, ५ माघ ।
झापाको दमकमा सोमबार बिहान एम्बुलेन्स र अटो ठोक्किँदा अटो चालक सहित दुईजनाको मृत्यु भएको छ ।

दुर्घटनामा अटो रिक्साका चालक मोरङ, उर्लाबारी नगरपालिका– ४ का ५० वर्षीय वीरेन्द्र बुढाथोकी र त्यसमा सवार झापाका रमेश श्रेष्ठको मृत्यु भएको हो । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्गको दमक– ४ स्थित ताराबारी सडकखण्डमा पूर्वबाट पश्चिम जादै गरेको मे१च १२४६ नम्बरको सुत्केरी बोकेको एम्बुलेन्स र विपरीत दिशाबाट आउँदै गरेको अटो रिक्सा सोमबार बिहान करीब ९ः४५ बजे एकापसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको हो ।

You might also like