’ओलीले पद र शक्तिकै लागि पार्टी एकता गरे, अरू सबै सहमति किर्ते’ !

काठमाडौं,५ माघ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले पद र शक्तिका लागि मात्रै पार्टी एकता गरेको बताउनुभएको छ ।

प्रचण्ड–नेपाल समूह निकट अखिल नेपाल महिला संघ (अनेमसंघ) केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो ।

आफुले नै ओलीलाई पहिले पार्टी एकताको प्रस्ताव गर्दा वास्ता नगरेको तर पार्टी एकतापछि तपाईंलाई नै प्रधानमन्त्रीको लागि प्रस्ताव गर्छु भनेपछि मात्रै ओली पार्टी एकता गर्न तयार भएको प्रचण्डको दाबी थियो ।

ओलीले पद र पावरका लागि नै पार्टी एकता गरेको आरोप लगाउदै प्रचण्डले भन्नुभयो– ’हामीले पार्टी र देशलाई बलियो बनाउन पार्टी एकता गरेका थियौँ । तर, उहाँले प्रधानमन्त्री पद र शक्तिको लागि मात्रै पार्टी एकता गर्नुभएको रहेछ । अरू सबै सहमति त किर्ते नै रहेछ’ ।

You might also like