कलंकीको खड्का गाउँमा आगलागी हुँदा एक वृद्धको मृत्यु
काठमाडौं,६ माघ ।
कोठा न्यानो बनाउन बालेको हिटरबाट कोठामा आगलागी हुँदा काठमाडौंको कलंकी खड्का गाउँका एक बृद्धको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कलंकी खड्का गाउँका ८६ वर्षीय शिवराम खड्का रहेको महानगरीय प्रहरी वृत्त कालीमाटीले जनाएको छ ।
खड्का घरको दोस्रो तलामा हिटर बालेर सुतेका थिए । हिटर बालेको बेला विद्युतीय तार सर्ट भएर आगलागी भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
केही जलेकोजस्तो गन्ध आएपछि कोठाभित्र हेर्दा शरीरको अधिकांश भाग जलेको अवस्थामा खड्का मृत फेला परेको घरका सदस्यहरुलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।