भारतको गुजरातमा सुतिरहेका मजदुरमाथि ट्रक गुड्दा १५ जनाको मृत्यु

काठमाडौं,६ माघ ।
भारतको गुजरात स्थित सुरत भन्ने ठाउमा ट्रकले किच्दा १५ जनाको मृत्यु भएको छ ।

गुजरातको सुरत भन्ने ठाउमा सडक किनारमा सुतिरहेका मजदुरहरुमाथि एक ट्रक अनियन्त्रित भइ गुड्दा उनिहरुको मृत्यु भएको हो ।

घटनामा १५ जनाको मृत्यु भएको र सात जना घाइते भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । १३ जनाको घटनास्थलमै र २ जनाको सुरतस्थित स्मीमेर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

सुरत पुलिसका अनुसार चालकले नियन्त्रण गुमाउँदा सोमबार राति यो घटना भएको हो । उखु लोड गरेको ट्याक्टरसँग ठोक्किएर ट्रक अनियन्त्रित भएको र पुटपाथमा सुतिरहेका मजदुरहरुलाई कुल्चिएको प्रहरीको भनाइ छ । ट्रकको ठक्करबाट सडक किनारका केही पसलका सटर पनि भत्किएका छन् ।

घाइतेहरुमध्ये धेरैजसोको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

You might also like