जनमुक्ति पार्टी स्थापना दिवस ः प्रतिगामि कदमका बिरुद्ध संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर शक्तिहरु एकजुट हुनुपर्नेमा जोड

बुटवल,६ माघ ।
संसद बिघटन गर्ने प्रतिगामि कदमका बिरुद्ध संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर शक्तिहरु एकजुट भएर आन्दोलनमा उत्रिनुपर्नेमा बिभिन्न राजनीतिक दलका नेताहरुले जोड दिएका छन् ।
राष्ट्रिय जनमुक्ति पार्टीको ३० औं बार्षिकोत्सवको अवसरमा पार्टीको लुम्बिनी प्रदेश (लुथम) द्धारा मंगलबार बुटवलमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै बिभिन्न राजनीतिक दलका नेताहरुले उक्त कुरामा जोड दिएका हुन् ।

पार्टीको आन्तरिक व्यवस्थापन गर्न नसकेर प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा संसद बिघटन गरेको भन्दै उनिहरुले प्रधानमन्त्रीको प्रतिगामि कदमका बिरुद्ध संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर शक्तिहरु एकजुट भएर आन्दोलन गर्नुपर्ने आवस्यकता औल्याए ।
संसद पुनस्र्थापना हुँदा कुन पार्टी वा समूहको सरकार बन्छ भन्ने भन्दा पनि मुलुकलाई अस्थिरतातर्फ जान नदिन संसद पुनस्थापना अहिलेको एकमात्र विकल्प भएको उनिहरुको भनाई थियो ।

राष्ट्रिय जनमुक्ति पार्टी लुम्बिनी प्रदेश (लुथम) का अध्यक्ष झमबहादुर गुरुङ्गको अध्यक्षता र पार्टीका संघीय परिषद सचिव सुर्यकुमार सारुको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता विष्णु पोखरेल,जनता समाजवादी पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादव,विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य हरीकृष्ण अधिकारी,राष्ट्रिय जनमोर्चा रुपन्देहीका सल्लाहकार पदम श्रेष्ठ,जनमुक्ति पार्टी प्रदेश उपाध्यक्ष हरीओम बिक,सचिब बालकिशोर राना लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

यसअघि मंगलबारै भएको पत्रकार सम्मेलनमा बोल्दै पार्टीका संघीय परिषद सचिव सुर्यकुमार सारुले संसद बिघटनका कारण मुलुक द्धन्दतर्फ उन्मुख भएकोले मुलुकलाई द्धन्दमा जानबाट जोगाउन पत्रकारहरुको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

संघीयता र समावेशीताको मुद्धा उठाउने पहिलो दल राष्ट्रिय जनमुक्ति पार्टी भएको दाबी गर्दै उहाँले जनमुक्ति पार्टीले संघीयता र समावेशीताको कुरा उठाउदा खिसी गर्नेहरु अहिले त्यसको ठेकेदार बन्न खोजेको आरोप लगाउनुभयो ।

You might also like