थप ३४८ जनामा कोरोना संक्रमण, ४४१ जना डिस्चार्ज

काठमाडौं,६ माघ ।
नेपालमा मंगलबार थप ३४८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ४ हजार ९५६ नमुना परीक्षण गर्दा १२९ महिला र २१९ पुरुष गरी ३४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ६७ हजार ९९२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ४४१ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।

नेपालमा हालसम्म २ लाख ६२ हजार २ सय ५९ जना कोरोना संक्रमित निको भएका छन् । देशभरि सक्रिय संक्रमितको संख्या भने ३ हजार ७ सय ६४ छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालमा हालसम्म १ हजार ९६९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

हाल देशभर ३ हजार ८६१ कोरोनाका संक्रिय संक्रमित रहेका छन् । उनीहरुमध्ये ८४४ जनाको होम आइसोलेसनमा छन् भने १६१ जनाको आईसीयू र ३५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

You might also like