प्रतिनिधिसभा विघटनविरुद्ध नेविसंघद्धारा केश मुण्डन गरी प्रदर्शन

काठमाडौँ,६ माघ ।
प्रतिनिधिसभा विघटनको बिरोधमा नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले राजधानी काठमाण्डौमा केश मुण्डन गरेर बिरोध प्रदर्शन गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेको भन्दै नेविसंघका कार्यकर्ताहरुले मंगलबार केश मुण्डन गरेर प्रदर्शन गरेका हुन् ।

काठमाडौंको ज्ञानेश्वरबाट सुरु भएको उनीहरुको विरोध ¥याली कमल पोखरीमा पुगेपछि प्रहरीले पक्राउ गरेको छ ।

प्रदर्शनकारीहरुले प्रतिनिधिसभा विघटनविरुद्ध तथा नेकपा सरकारविरुद्ध विभिन्न नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।

You might also like