प्रदेश १ र वाग्मती प्रदेशमा आजदेखि हिउँदे अधिवेशन सुरु हुँदै


प्रदेश १ को अधिवेशन सहज रुपमा सञ्चालन हुनेमा आशंका

काठमाण्डौ,७ माघ ।
प्रदेश नं १ र वाग्मती प्रदेशको आजबाट हिउँदे अधिवेशन सुरु हुँदैछ ।
प्रदेश १ को हिउँदे अधिवेशन दिउँसो २ बजेबाट सुरु सुरु हुँदै छ ।

त्यसअघि सभामुख प्रदीपकुमार भण्डारीले कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको छ ।
नेकपा का दुबै समूहले संसदीय दलको बैठक बसेर एक समूहले अर्को समूहलाई निलम्बन गरेको घोषणा गरेकोले प्रदेश १ मा आजको बैठक सहज ढंगले अघि बढ्नेमा आशंका उत्पन्न भएको छ ।

प्रचण्ड–माधव नेपाल समूहका सांसदहरुले मुख्यमन्त्री शेरधना राईलाई संसदीय दलको नेताबाट हटाएर उहाँविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएाके छ भने ओली समूहले १६ जना सांसदलाई निलम्बन गरेको घोषणा गरेको छ । प्रदेश १ मा नेकपाका ६७ जना सांसद रहेकोमा ३८ जनाले मुख्यमन्त्री शेरधर राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएकोमा ३ जनाले फिर्ता लिएका छन् ।

नेकपा विभाजन हुँदा प्रदेश १ मा नेपाली कांग्रेस नै निर्णायक बन्ने देखिएको छ ।
त्यस्तै वाग्मती प्रदेशको सातौँ अधिवेशनको पहिलो बैठक ६ महिनापछि आज बस्न लागेको हो । बैठकमा नेपाली कांग्रेस, नेकपाको प्रचण्ड–नेपाल समूह र अरु केही सांसदले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता प्रक्रिया अघि बढाउन माग गरे पनि त्यसो नहुने भएको छ ।

प्रदेश सभाको ’विजनेश’ तय गर्न बसेको कार्य व्यवस्था परामर्श समतिको बैठकले अविस्वासको प्रस्तावसम्बन्धी कार्यविधि बनाएर अघि बढ्ने निर्णय गरेसँगै अविस्वासको प्रस्ताव पेश नहुने भएको हो । अविस्वासको प्रस्तावबारेको मत विभाजनका लागि समितिको बैठकले कार्यविधि बनाउने अविश्वासको प्रस्ताव कार्यविधि मस्यौदा समिति गठन गर्ने निर्णय गरेको छ ।

यसअघि मुख्यमन्मत्री पौडेलविरुद्ध प्रचण्ड–नेपाल समूहका ४५ जना सांसदले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए । ११० सांसद रहेको बाग्मती प्रदेशमा पौडेललाई सरकार बचाउन २० सांसद आवश्यक पर्नेछ । २२ सांसद रहेको नेपाली कांग्रेसले समर्थन गरेमा पौडेलको मुख्यमन्त्री पद जोगिने छ ।

You might also like