काठमाण्डौ र चितवनमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु,दुई जना घाइते

काठमाण्डौ,७ माग ।
काठमाण्डौ र चितवनमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

काठमाण्डौको बल्खुमा डिजल बोकेको ट्यांकरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।

ना ७ ख २२०९ नम्बरको डिजल बोकेको ट्यांकरको ठक्करबाट बा ५४ प ३०१ को स्कुटर चालक बल्खुको आश्राङ मार्गकी रिता खड्कीको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

त्यस्तै, चितवनको राप्ती नगरपालिका–५ कालिका पेट्रोल पम्प नजिक गएराति बस र ट्रक ठोक्किदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा परेर खोटाङका ४५ वर्षका चन्द्रबहादुर श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

ना ७ ख २१ ११ नम्बरको बस र ना ६ ख ४२ ८१ नम्बरको ट्रक ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले बताउनुभयो ।

बसका सहचालक रौतहट चपुर–४ का विनोद शर्मा संग्रौला र ट्रकका सहचालक बाराको जितपुर सिमरा उपमहानगरपालिका–२३ का सुनिलकुमार साहको पुरानो मेडिकल कलेजमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

You might also like