बाक्लो हुस्सुका कारण भैरहवा र नेपालगञ्जको उडान प्रभावित

बुटवल,७ माघ ।
तराईमा लागेको बाक्लो हुस्सु र कुहिरोका कारण बुधवार भैरहवा र नेपालगञ्जको उडान प्रभावित भएका छन् ।

बुधवार बिहानैदेखि बाक्लो हुस्सु र कुहिरो लागेका कारण भैरहवा र नेपालगञ्जमा उडान हुन नसकेको विमानस्थल कार्यालयले जनाएको छ ।

भैरहवा र नेपालगञ्जका लागि तय गरिएका तीन÷तीन वटा उडान हुन सकेका छैनन् ।

बुधबार आन्तरिकतर्फ ८७ वटा उडान रहेका छन्, तीमध्ये मौसम प्रतिकूलताका कारण तराईका जिल्लामा हुने उडान प्रभावित हुन सक्ने विमानस्थल कार्यालयले जनाएको छ ।

केही आन्तरिक उडान प्रभावित भए पनि अन्तर्राष्ट्रिय उडान भने सामान्य रहेको विमानस्थलले जनाएको छ ।

You might also like