भारतले दिएको कोरोनाविरुद्धको खोप भोलि नेपाल आइपुग्ने

काठमाण्डौ,७ माघ ।
भारतले नेपाललाई अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको खोप बिहीबार नेपाल आइपुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहिबार पत्रकार सम्मेलन गरी भारत सरकारले उपलब्ध गराएको १० लाख डोज खोप बिहिबार नेपाल आइपुग्ने जानकारी गराएको हो ।

मा स्वास्थ्य तथा जनसंख्या मन्त्री ह्रदयेश त्रिपाठीले भारत सरकारले उपलब्ध गराएको १० लाख डोज खोप भोलि नेपाल आइपुग्ने जानकारी दिनुभएको हो ।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री ह्रदयेश त्रिपाठीले खोप कार्यक्रमका लागि कानुनी, प्रशासनिक र आर्थिक सबै तयारी पूरा भइसकेकाले चाँडै खोप अभियान सुरु गर्ने बताउनुभयो ।

विश्वमा भर्खरै विकास भएको कोरोनाविरुद्धको खोप स्वास्थ्य सामग्रीमा मात्रै सीमित नरहेको भन्दै उहाँले त्यसको उपलब्धताको लागि राजनीतिक रूपमा समेत पहल गर्ने बताउनुभयो ।

मन्त्री त्रिपाठीले नेपालको ७२ प्रतिशत मानिसलाई खोप दिनुपर्ने आँकलन सरकारले यसअघि नै गरिसकेको भन्दै पहिलो चरणमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालकलगायत कोरोनाविरुद्धको अभियानमा अग्रपङ्तीमा रहेकाहरूलाई खोप दिने जानकारी दिनुभयो ।

थप खोप खरिद तथा प्राप्तिका लागि पनि पहल भइरहेकाले चाँडै थप खोप ल्याएर आम मानिसलाई लगाउने पनि मन्त्री त्रिपाठीले बताउनुभयो ।

You might also like