सडकमै ‘नमुना संसद्’ बैठक बसेर प्रतिनिधि सभा विघटनको विरोध

काठमाण्डौ,७ माघ ।
सडकमै राष्ट्रिय सभाको ‘नमुना संसद्’ बैठक गरी प्रतिनिधि सभा विघटनको विरोध
जनाइएको छ ।

नेपाल टीन लिडर्सको आयोजनामा बुधबार काठमाण्डौमा प्रतिनिधि सभा विघटनको विरोधमा ‘नमुना संसद्’ बनाइ राष्ट्रिय सभाको नमुना बैठक गरिएको हो ।

नमुना बैठकमा बोल्दै सहभागीहरूले प्रतिनिधि सभा विघटन असंवैधानिक र अराजनीतिक कदम भन्दै प्रतिनिधि सभा पुनस्र्थापना हुनुपर्नेमा जोड दिएका थिए ।

संविधान कुल्चिएका कारण त्यसमा खबरदारी गर्ने कर्तव्यबोधका साथ राष्ट्रिय सभाको नमुना बैठक गरिएको नेपाल टीन लिडर्सका इनिसियटर विशाल केसीले बताउनुभयो ।

सडकमा गरिएको नमुना राष्ट्रिय सभाको बैठकमा बोल्ने सहभागीहरूले प्रतिनिधि सभा विघटन असंवैधानिक तथा अराजनीतिक क्रियाकलाप भन्दै यसलाई खारेज गर्नुपर्ने विचार राखेका थिए ।

सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनलाई खारेज गर्नुपर्ने र प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने उनीहरूको भनाइ थियो ।

You might also like