भान्सा कोठामा राखेको भरुवा बन्दुक पड्किँदा पाल्पामा एक जनाको मृत्यु
पाल्पा,७ माघ ।
भान्सा कोठामा राखेको भरुवा बन्दुक पड्किँदा पाल्पामा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पूर्वखोला गाउँपालिका २ साठीकोलका ३८ वर्षीय वीरबहादुर सारु रहेका छन् ।
बुधबार बिहान भान्सा कोठामा राखेको बन्दुक पड्किँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
एक्कासी ठूलो आवाज आएपछि हेर्न जाँदा नरबहादुरको ज्यान गइसकेको अवस्थामा भेटिएको मृतकका दाजु नरबहादुर सारुले जानकारी दिनुभयो ।
मृतक वीरबहादुरले एकनाले भरुवा बन्दुक ल्याएर आफ्नै घरको भान्सा कोठामा राखेको बुझिएको प्रहरीले जनाएको छ ।
बन्दुक नियन्त्रणमा लिएर घटनाका बारेमा आवस्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।