२४ घण्टामा ३१८ जनामा कोरोना संक्रमण,३८३ जना डिस्चार्ज

काठमाण्डौ,७ माघ ।
नेपालमा बुधबार तीन सय १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ५ हजार १२ जनाको पिसिआर परीक्षण गर्दा २०६ पुरुष र ११२ महिला गरी ३१८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ६८ हजार तीन सय १० पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा तीन सय ८३ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।

नेपालमा हालसम्म दुई लाख ६२ हजार ६ सय ४२ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।

पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या एक हजार नौ सय ७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर ३ हजार ६९३ जना कोरोनाका सक्रिय संक्रमित आइसोलसनमा रहेका छन् ।

संक्रमितमध्ये १६५ जना आईसीयूमा र ३३ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ ।

You might also like