हिमानी ट्रस्टद्वारा रुपन्देहीको देवदहमा अती विपन्न विधार्थीलाई न्यानो लुगा एवं पौष्टिक आहार प्रदान

बुटवल,७ माघ ।
हिमानी ट्रस्टद्वारा रुपन्देहीको भवानीपुर स्थित महामाया भवानी माध्यमिक विद्यालयका अती विपन्न विधार्थीलाई न्यानो लुगा एवं पौष्टिक आहार प्रदान गरेको छ ।

बुधबार देवदह–४ मा रहेको सो विद्यालयमा एक कार्यक्रमकाबीच स्थानिय समाजसेवी प्रितम केसी र माधब रिमालको रोहोबरमा अती विपन्न विधार्थीलाई न्यानो लुगा एवं पौष्टिक आहार प्रदान गरेको हो ।

कार्यक्रममा ट्रस्टका तर्फबाट सैजु पाण्डे भण्डारी, कृषा नेउपाने एवं अनिल भण्डारीले २०(थान ज्याकेट, ४० प्याकेट लिटो एवं ४ थान स्लिपिङ्ग ब्याग वितरण गरिएको प्रितम केसीले जानकारी दिनुभयो ।

You might also like