शिकार खेल्ने क्रममा बन्दुकको छर्राले लागेर बालकको मृत्यु

पाल्पा,९ माघ ।
शिकार खेल्न जानेक्रममा भरूवा बन्दुकको छर्राले लागेर पाल्पामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको रिब्दीकोट गाउँपालिका–८ दाङसिङडाँडाका १३ वर्षीय लक्ष्मण छहारी रहेका छन् ।

उनको सिकार खेल्न जानेक्रममा भरूवा बन्दुकको छर्राले लागेर गएराती ९ बजे घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी तथा प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिनुभयो ।

शिकार खेल्न गएका अन्य तीन जनालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले रैनादेवी छहरा गाउँपालिका वडा–४ भर्माटुङ बस्ने १७ वर्षीय ज्ञानबहादुर गाहा, १४ वर्षीय कमल राना, रिब्दीकोट गाउँपालिका–८ दाङसिङडाँडाका १३ वर्षीय देवबहादुर गाहालाई नियन्त्रणमा लिएको छ ।

You might also like