२४ घण्टामा थप २३२ जनामा कोरोना संक्रमण, ८ जनाको मृत्यु

काठमाडौँ,१० माघ ।
नेपालमा शनिबार थप २३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ३ हजार ५४१ पीसीआर परीक्षण गर्दा ९१ जना महिला र १४१ जना पुरुष गरी २३२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६९ हजार १८० पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा थप ३८६ जना कोरोना संक्रमित निको भइ डिस्चार्ज भएका छन् । यससँगै नेपालमा २ लाख ६३ हजार ७३४ जना कोरोना संक्रमित निको भइ डिस्चार्ज भएका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

नेपालमा हालसम्म १ हजार ९९४ कोरोना संक्रमितको मृत्यु भएको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३ हजार ४५२ छ भने ३४२ जना क्वारेन्टाइनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा संक्रमण पुष्टि भएकामध्ये १०९ जना काठमाडौं उपत्यकाका रहेका छन् ।

जसमध्ये काठमाडौंमा ८०, ललितपुरमा २० र भक्तपुरमा ९ जना रहेका छन् ।

You might also like