काठमाण्डौमा वृहत् नागरिक आन्दोलनद्धारा प्रदर्शन ः ‘नागरिक अघि बढ्दैछ, सर्वसत्तावाद ढल्दैछ’

काठमाण्डौ,१० माघ ।
प्रतिनिधिसभा विघटनको विरोधमा वृहत नागरिक आन्दोलनले आज पनि काठमाण्डौको माइतीघरमा प्रदर्शन गरेको छ ।

लोकतन्त्रलाई समाप्त पार्नेगरी संसद विघटन भएको भन्दै सो निर्णय सच्याउनुपर्ने मागसहित वृहत नागरिक आन्दोलनले प्रदर्शन गरेको हो ।

लेखक तथा विश्लेषक नारायण वाग्ले, चिकित्सा शिक्षा सुधारका अभियन्ता डाक्टर गोविन्द केसी, लेखक युग पाठकसहितका अभियन्ताले माइतीघरको सडकमा बसेर प्रदर्शन गरेका हुन् ।

उनीहरुले संवैधानिक निकायको कब्जा बन्द गर, असंवैधानिक नियुक्ति खारेज गर, नागरिक अघि बढ्दैछ, सर्वसत्तावाद ढल्दैछ, लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका छन् । वृहत नागरिक आन्दोलनले पर्सि सोमबार बालुवाटरमा मार्चपास गर्ने कार्यक्रम घोषणा गरेको छ ।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि वृहत नागरिक आन्दोलन बनाएर अभियन्ताहरुले विरोध गर्दै आएका छन् ।

You might also like