प्रचण्ड–माधव समूहद्वारा तेस्रो चरणको आन्दोलन घोषणा, २८ गते काठमाडौंमा वृहत प्रदर्शन गर्ने

काठमाडौं,१२ माघ ।
प्रतिनिधि सभा विघटनको बिरोधमा नेकपा प्रचण्ड–माधव समूहले तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।

नेकपा प्रचण्ड–माधव समूहद्धारा गठित संघर्ष समितिले सोमबार काठमाण्डौमा पत्रकार सम्मेलन गरी माघ १३ देखि २८ गतेसम्म आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

घोषित कार्यक्रमअनुसार १३ गते सिट्ठी जुलुस, १४ गतेदेखि २१ गतेसम्म माइतीघर मण्डलामा धर्ना, १६ गते जुलुससहित शहीदहरुलाई श्रद्धाञ्ली दिने, २२ गते काठमाडौंमा युवा ¥याली, २६ गते मशाल जुलुस र २८ गते काठमाडौंमा वृहत विरोध प्रदर्शन लगायत रहेका छन् ।

You might also like