बहुमत केन्द्रिय सदस्यको निर्णयको विषयमा मौनता साध्नु आयोगको कमजोरी ः नेता भुसाल

बुटवल १२ माघ
नेकपाका स्थायी कमिटी सदस्य घनश्याम भुसालले निर्वाचन आयोगले नेकपा विवादकोे सन्दर्भमा गरेको निर्णय औचित्य पुष्टि गर्ने अवसरबाट चुकेको बताउनु भयो ।
उहाँले भन्नु भयो, ‘निर्वाचन आयोगले नेकपाको केन्द्रिय सदस्य ४४१ मात्रै रहेको भनेर ठीकै निर्णय गर्यो तर त्यहि ४४१ केन्द्रिय सदस्य मध्ये बहुमत केन्द्रिय सदस्यको निर्णयको विषयमा भने मौनता साध्नु आयोगको कमजोरी देखियो ।”
नेकपामा ३१९ जना केन्द्रिय सदस्य माधब नेपाल र प्रचण्डले नेतृत्व गरेको नेकपाको समूहमा रहेका छन् । यो समूहले के.पी ओलीलाई पार्टिको विधान विपरित काम गरेको भन्दै साधारण सदस्य समेत नरहनेगरी कारबाही गरेको छ ।
निर्वाचन आयोगको निर्णय संगै केपी ओलीले नियुक्त गरेका केन्द्रिय सदस्यहरु स्वतः अबैधानिक भएको उहाँले बताउनु भयो ।
लुम्बिनी प्रेस क्लब भैरहवाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता भुसालले संविधान च्यातेर र लोकतन्त्रलाई एक हिसाबले घाइते तथा असफल बनाएर निर्वाचन हुनै नसक्ने जिकिर पनि गर्नु भयो ।
उहाँले निर्वाचन गरिनको लागि घोषणा नभएको दाबी गर्दै ‘जुन ब्यक्ति पार्टिमा एकतिहाई भन्दा कम सदस्यको समर्थनमा छ ,त्यसले निर्वाचन गराएर दुई तिहाइ बहुमत ल्याउछु भन्नु नै हास्यस्पद हो । ”
नेता भुसालले सेटिङको हल््ला गरेर प्रचार गर्ने र प्रभावित पार्ने षडयन्त्र विरुद्ध सडकमा आएको बताउदै संसद विघटनको मुद्दामा एकहिसाबले आफु हार्ने महसुस गरेर प्रधानमन्त्री केपी एक्लै गालीगलौजमा उत्रिएको उहाँले बताउनु भयो ।
मुद्दा हारिन्छ भन्ने कुरा प्रधानमन्त्रीलाई महसुस भइसकेको छ, त्यसैले प्रधानमन्त्री ओली अफ्ठयारोमा पर्दै जानु भएको छ, उहाँको कथन थियो ।
प्रधानमन्त्री ओलीले संसद विघटन भनेर सिफारिस गरेपछि अहिलेसम्म संसदीय परमपरा अनुसार कुनै आधार पेश गर्न नसकेको भुसालले बताउनु भयो ।
पूर्व कृषिमन्त्री समेत रहनु भएका नेता भुसालले बहुमतको निर्णय नै वैधानिक नेकपा हुने उहाँको भनाइ रहेको छ । लुम्बिनी प्रेस क्लबका अध्यक्ष नरेश के।सीको अध्यक्षतामा भएको कार्यक्रममा सचिव शंकर प्रसाद पाण्डेको सञ्चालनमा भएको हो ।

You might also like