निर्वाचन आयोगले आफ्नो क्षमता प्रदर्शन गर्न सकेन ः वर्षमान पुन

बुटवल १२ माघ
नेकपाको प्रचण्ड—नेपाल समुहका स्थायी कमिटी सदस्य वर्षमान पुनले निर्वाचन आयोगको निर्णय क्षमतामै कमजोरी भएको बताउनु भएको छ । आयोग आफ्नो जिम्मेवारीबाट पन्छिएको आरोप लगाउदै उहाँले आयोगले सहि क्षमता देखाउन नसकेको आरोप लगाउनु भयो ।
‘नेकपाको ४४१ जना केन्द्रिय सदस्यलाई मान्यता दिएको आयोगले,७० प्रतिशत बढीको हस्ताक्षरमा भएको निर्णयलाई वैधानिकता दिनुपथ्र्यो,अब के गर्ने अदातल जाने की आयोगमा जाने पार्टीले सबै डकुमेन्टहरु हेरेर निर्णय गर्ने छ” उहाँले भन्नु भयो ।
सोमबार बुटवलमा रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालयले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले निर्वाचन आयोगको निर्णयप्रति पार्टीको आधिकारिक धारणा भने आन्तरिक छलफल पछि मात्रै बताउने जानकारी दिनु भयो ।
पूर्वमन्त्री समेत रहनु भएका पुनले निर्वाचन आयोगले गरेको निर्णयप्रति कार्यकारीको अगाडि संवैधानिक निकाय लाचार भएको पुष्टि भएको आरोप लगाउनु भयो । कार्यकारीको अगाडी संवैधानिक निकाय लाचार भएको उहाँको आरोप छ ।
अहिलेका अबैधानिक प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रीहरु राज्यकोषको दुरुपयोग गर्दै अर्को समूहका नेतालाइ जथाभाबि गाली गर्दै देशभर हिडेका छन् यसो गर्नु ठिक होइन उहाँले भन्नु भयो ।
पुनले प्रधानमन्त्री पदको गरिमा बिर्सेर ओलीले सडकमा कुकुर देखे कुकुरलाई र ढुकुर देखे ढुकुरलाई हान्ने,जिस्काउने गरेको बताउनु भयो । साक्षात्कार कार्यक्रम रामकुमार क्षेत्रीको अध्यक्षता तथा क्लवका सचिव कपिल ज्ञवालीको संचालनमा भएको थियो ।

You might also like