सहिद नारायण पोखरेल क्याम्पसको व्यवस्थापन समितिको अध्यक्षमा नेपाली काँग्रेसका गैरे विजयी

बुटवल १२ माघ
सहिद नारायण पोखरेल रामापुर क्याम्पसको व्यवस्थापन समितिको अध्यक्षमा नेपाली काँग्रेसका बालकृष्ण गैरे विजयी हुनु भएको छ ।
उहाँले वामपन्थी समुहका कुल प्रसाद चापागाईलाई १० मतले हराउदै विजयी हुनु भएको हो ।गैरेले ८९ मत र चापागाईले ७९ मत ल्याउनु भएको थियो ।
गैरेसंगै खुल्ला सदस्यमा उहाँको प्यानलका ईश्वरी घिमिरे पनि निर्वाचित हुनु भएको छ ।
वांकी ७ सदस्यमा भने वामपन्थी समुहले जित हात पारेका छन ।वाम पन्थी समुहवाट सदस्यमा बुद्धिराम चौधरी,पारेश्वर ढकाल, ठाकुर प्रसाद पाण्डे, ऋषिराम पाण्डे र महिला सदस्यमा नजर कुमारी श्रेष्ठ ,कमला अधिकारी र देवीमाया वलाल विजयी हुनु भएको निर्वाचन समितिले जनाएको छ ।

You might also like