लायन्स क्लब अफ बुटवल क्यापिटलद्धारा मदरसा स्कुलका विद्यार्थिहरुलाई १९५ जोडा न्यानो कपडा बितरण

बुटवल,१३ माघ ।
लायन्स क्लब अफ बुटवल क्यापिटलले रुपन्देहीको रोहिणी स्थित एक मदरसामा अध्ययनरत विद्यार्थिहरुलाई जाडोका कपडा बितरण गरेको छ ।

क्लबले मंगलबार रुपन्देहीको रोहिणी गाउपालिका वडा नं ६ पकडीहवा स्थित मदरसामा अध्ययनरत विद्यार्थिहरुलाई करिब तीन लाख मुल्य बराबरको एक सय ९५ जोडा ट्रयाकसुट बितरण गरेको हो ।

लायन्स क्लब अफ बुटवल क्यापिटलका रीता केसीको सभापतित्व र पुर्व राज्यमन्त्री तथा नेपाली कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकको प्रमुख आतिथ्यतामा सम्पन्न न्यानो कपडा बितरण कार्यक्रममा प्रमुख अतिथि रज्जाकले मदरसामा अध्ययनरत विद्यार्थिकाहरुका लागि न्यानो कपडा बितरण गरेर क्लवले सराहनीय कार्य गरेको भन्दै क्लबले आगामि दिनमा पनि यस्तै विकट र बिपन्न परिवारमा सहयोगको हात बढाउन आग्रह गर्नुभयो ।

मुलुकमा बहुदलीय व्यवस्था स्थापना पश्चात बनेको नेपाली कांग्रेसको सरकारले मदरसा शिक्षालाई व्यवस्थित गर्ने नीति अगाडी बढाएको भन्दै उहाँले मदरसाहरुको अवस्था अझै दयनीय रहेकाले मदरसा शिक्षामा राज्यको लगानि बढाउनुपर्नेमा जोड दिनुभयो ।

समाज सेवामा राजनीति,जात र धर्म नहुने भन्दै रज्जाकले मदरसा शिक्षाका लागि लायन्स क्लबले गरेको सहयोग सम्भवत यो पहिलो भएको बताउनुभयो ।

कार्यक्रममा बिशिष्ठ अतिथि लायन्स क्लब अफ बुटवलका पुर्व अध्यक्ष तथा लायन्स डिस्ट्रिक डिपार्टमेन्ट चिफ नरेश कुमार श्रेष्ठले मदरसा शिक्षा अध्ययनरत विद्यार्थिहरुलाई न्यानो कपडा सहयोग गर्न पाउदा खुसी लागेको भन्दै त्यहाँ अध्ययनरत विद्यार्थि तथा अभिभावकहरुको निशुल्क आँखा उपचार गरिदिने घोषणा गर्नुभयो ।

मदरसा विद्यालयका प्रधानाध्यापक अब्दुल नभी भाटले क्लवले विद्यार्थिहरुलाई न्यानो कपडा बितरण गरेकोमा आफुहरु अत्यन्तै हर्षीत भएको भन्दै आगामि दिनमा पनि मदरसा विद्यालयको अन्य विकासमा समेत सहयोग गर्न आग्रह गर्नुभयो ।

लायन्स क्लब अफ बुटवल क्यापिटलका बरिष्ठ उपाध्यक्ष हेम थापाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा रोहिणी गाउपालिका वडा नं ६ का अध्यक्ष इन्द्रमान चौधरी,नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं १ का क्षेत्रिय सचिब बैजनाथ सहानी लगायतले आ आफ्नो भनाई राख्नुभएको थियो ।

कार्यक्रमको सञ्चालन क्लबका सचिब प्रकाश खनालले गर्नुभएको थियो ।

You might also like