सरकारको आर्थिक अवस्था चिसोमा छोटो सिरक ओढेर सुते सरह ःअर्थमन्त्रीपौडेल

चरम आर्थिक समस्याका कारण कोभिडबाट पीडित व्यवसायीलाई राहातदिन नसकिएको स्वीकारोक्ति

बुटवल, १४ माघ ।
सरकारका अर्थ मन्त्री विष्णु पौडेलले कोभिड–१९ ले गर्दा सरकार चरम आर्थिक समस्यामा परेको खुलासा गर्नुभएको छ ।

उहाँले सरकारको आर्थिक अवस्था कठयाङग्रीने चिसोमा छोटो सिरक ओढदा टाउको तिर तान्दा खुटृामानपुग्ने खुटृातिर तान्दा टाउँकोमानपुग्ने भएजस्तै भएको बताउनुभयो ।
कोभिड–१९ का कारण सरकार पनि छोटो सिरक ओढेर डल्लो परेर सुत्न बाध्य भएको खुलासागर्नु भयो ।

तिलोत्तमा चेम्वर अफकमर्स रुपन्देहीको छैठौ र सातौ वार्षिक साधारण सभामाबुधवार वोल्दै अर्थमन्त्रीपौडेलले सरकार आर्थिक रुपमा समस्यामा रहेको तितो यर्थाथता सार्वजनिकगर्नु भएको हो ।
साधारण सभामावोल्ने उद्योगीव्यवसायीले कोभिडले पारेको विकराल समस्या र व्यवसायीले भोग्नु परेको आर्थिक कठिनायीमा सरकारले व्यवसायीलाई राहाततथा सहुलियतदिननसकेको गुनासो राखेकाथिए ।

व्यवसायीकागुनासालाई लक्षीतगदै अर्थमन्त्रीपौडेलले व्यवसायीका समस्याका सवालमा सरकारले बुझेको छ तर सरकारले छोटो सिरक ओढनु परेको बाध्यतालाई व्यवसायीले बझिदिनआग्रहगदै जाडोमा डल्लो परेर सुत्नआह्वान समेत गर्नु भयो ।

अर्थमन्त्रीपौडेलले मुलुककाविभिन्न स्थानमागदै हिडने विकास निर्माणका शिल्यानास समारोहमाभने वजेट अभावहुननदिने र वजेटको सरकारसंग कुनै कमीनभएको दोहोराउदै आउनु भएको छ ।

तर उद्योगीव्यवसायीले सरकारले राहतदिन पर्यो भनीमागगर्दा सरकारका अर्थमन्त्रीले आर्थिक अभाव रहेको देखाउदै उम्कने शैलीलाई व्यवसायीले कसरी बझने सोचनियविषयबनेको छ ।

उहाँले नीजि क्षेत्रको समस्या सरकारले बुझेको छ भन्दै नीजि क्षेत्रका समस्या सुन्ने र छलफल गरि अगाडी बढन सरकार प्रतिवद्ध रहेको धारणा राख्नु भयो । अर्थमन्त्रीपौडेलले कोभिडले गर्दा प्रधानमन्त्रीओलीले अगाडी सार्नु भएको र देख्नु भएको सपना समृद्ध नेपालखुशी नेपालीजनताको नारा सार्थक हुनमा कठिन्यायी भएको भन्दै देश बनाउनेले पहिला सपना देख्न जरुरी रहेको खुलासा समेत गर्नु भयो ।

कोभिड विरुद्धको खोप क्रमिक रुपमा सवै नेपालीलाई निशुल्कउपलब्ध गराउन सरकार लागि परेको पनि बताउनु भयो ।

अर्थमन्त्रीपौडेलले कोभिडले गर्दा मुलुकले लिएका राजस्वकालक्ष्य पुरा हुननसक्दा समस्या बढेको तितो यर्थाथताऔल्याउनु भयो ।

चेम्वरकाअध्यक्ष जेपी कडेलको अध्यक्षतामाभएको कार्यक्रममालुम्बिनीप्रदेश सरकारकाउद्योग मन्त्रीलिलागिरी आन्त्तरिक राजस्वकार्यालय भैरकवाकाप्रमुखमुक्ति प्रसादआचार्य, तिलोत्तमाउद्योग बाणिज्य संघका अध्यक्ष गुणानिधी भण्डारी चेम्वरका प्रथम उपाध्यक्ष वाबुलाल भुसालपत्रकारमहासंघ रुपन्देहीकाउपाध्यक्षदिनेश पाण्डे लगायतले व्यवसायीका समस्यामा सरकार उदासिनभएको आरोप लगाउनु भएको थियो ।

You might also like