राज्य टेलिभिजनको अध्यक्षमा खनाल

बुटवल,१५ माघ ।
रुपन्देहीको बुटवलबाट परीक्षण प्रसारण भैरहेको राज्य टेलिभिजनको अध्यक्षमा गाविन्द खनाल चयन हुनुभएको छ ।

राजधानी काठमाण्डौ उपत्यका बाहिरको पहिलो सेटलाइट टेलिभिजन सुविगो मिडिया प्रा लिद्धारा सञ्चालित राज्य टेलिभिजनको बुधबार बुटवलमा सम्पन्न प्रथम साधारण सभाले मानव अधिकारकर्मी अगुवा खनालको अध्यक्षतामा पाँच सदस्सीय सञ्चालक समिति गठन भएको हो ।

सञ्चालक समितिको सदस्यहरुमा डा. विनोद पराजुली,कूलचन्द्र पाण्डे,सुमितप्रताप राणा र करुण खनाल चयन हुनुभएको छ भने कम्पनीको सदस्य सचिब तथा प्रवन्ध निर्देशकमा विष्णु भुसाल चयन हुनुभएको छ ।

सतितिमा दुई सदस्य पछि थप गरिने प्रवन्ध निर्देशक भुसालले जानकारी दिनुभयो ।

You might also like