बाँकेमा एक कोरोना संक्रमित स्वास्थ्यकर्मीको मृत्यु

नेपालगञ्ज,१६ माघ ।
बाँकेस्थित बैजनाथ गाउँपालिकामा एक कोरोना संक्रमित स्वास्थ्यकर्मीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बाँके जिल्लाको बैजनाथ गाउँपालिका स्थित टिटिहिरिया स्वास्थ्य चौकीकी सिनियर अनमी (छैठौं तह) ४२ वर्षीया रमा भारती रहेकी छन् ।

उनको भेरी अस्पताल, नेपालगञ्जमा उपचारका क्रममा शुक्रबार बिहान ८ बजे मृत्यु भएको हो ।

भारती जिल्ला स्वास्थ्य कार्यालय, बर्दियाका प्रमुख गोकर्ण गिरिकी पत्नीसमेत हुनुहुन्छ । गिरिलाई भने संक्रमण देखिएको छैन । मृतक भारतीमा अन्य कुनै स्वास्थ्य समस्या नरहेको बाँकेका कोभिड–१९ फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

भारतीको एक÷एक जना छोराछोरी छन् ।

यसैबीच, भारतीको निधनमा बैजनाथ गाउँपालिकाले शुक्रबार पालिकासहित अन्तरगतको वडा कार्यालय र स्वास्थ्य संस्थाको सेवा प्रवाह एक दिनका लागि बन्द गरेको छ । अधिकृत डोटी नेपालीले विज्ञप्ति जारी गर्दै एकदिनका लागि सेवा बन्द गरिएको जनाउनुएको छ ।

गाउँपालिका अध्यक्ष मानबहादुर रुचाल ठकुरीले पनि विज्ञप्ति जारी गर्दै मृतक राष्ट्र सेवक कर्मचारीप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।

You might also like