नेकपा सरकारको विकासको नयाँ मोडल ः निर्माणाधीन आयोजनाको पुन ः शिलन्यास र प्रचार

बनिरहेको पुल पुन ः शिलान्यास गरेर गुटभेला गर्न खोजेको भन्दै रोल्पामा विरोध

बुटवल,१७ माघ ।
समृद्ध नेपाली खुसी नेपालीको नारा अगाडी सारेको केपी शर्मा ओली नेतृत्वको सरकारले बर्षै पहिलेदेखि निर्माण निर्माणाधीन आयोजनाहरुको पुन ः शिलन्यास गरेर विकासको नयाँ मोडल अगाडी सारेको छ ।

विकास निर्माण भन्दा भ्रमको खेती गर्न खप्पिस वर्तमान सरकारका प्रधानमन्त्री तथा मन्त्रीहरु एक दशक अगाडीदेखि निर्माणाधीन अवस्थामा रहेका र ८० प्रतिसत भन्दा बढी काम सम्पन्न भएको आयोजनाहरुको समेत तामझामका साथ पुन ः शिलन्यास गरेर सबै काम आफैले गरेजस्तैगरी झुटो प्रचार गर्ने प्रयास गरिरहेको छ ।

कहि नभएको जात्रा हाडीगाउमा भनेजस्तै नेकपा केपी ओली नेतृत्वको बर्तमान सरकारले ८० प्रतिसतभन्दा बढी काम सम्पन्न भइसकेका आयोजनाहरुको समेत पुन ः शिलन्यास गरेर सम्भवत विश्वमै कहि नभएको प्रचार शैली अपनाएको हो ।

समृद्ध नेपाली खुसी नेपालीको नारा अगाडी सारेको वर्तमान सरकारले विकासका नयाँ आयोजना दिन नसकि आयोजनाको पुन ः शिलन्यास गरेर प्रचारमा व्यस्त हुन थालेपछि जनस्तरबाट बिरोध पनि सुरु हुन थालेको छ ।

यसअघी केही ठुला आयोजना र आयोजना बिस्तारका नाममा पुन शिलन्यासको नीति लिएको बर्तमान सरकारले पाटी बिभाजन भएपछि निर्माणाधीन आयोजनाको पुन ः शिलन्यास गर्ने कार्यलाई थप तिब्रता दिएको छ ।

शिलन्यासको नाममा पार्टीको गुटभेला गर्न थालेको भन्दै जनस्तरबाट समेत बिरोध सुरु भएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवम् ओली समूहका नेता शंकर पोखरेलले रोल्पामा बनिरहेको पुल पुन ः शिलान्यास गर्न लागेको भन्दै प्रचण्ड–माधव समूहले विरोध गरेको छ ।

सदरमुकाम लिवाङस्थित धाङसी खोलामा निर्माणाधीन पुल शिलान्यास गर्न मुख्यमन्त्री शंकर पोखरेल रोल्पा आउन लागेको प्रदेशसभा सदस्य एवम् नेकपाका रोल्पा इन्चार्ज दीपेन्द्र पुन (सिजल) ले जानकारी दिनुभयो । प्रदेश सरकारका भौतिक पूर्वाधार तथा विकासमन्त्री वैजनाथ चौधरी शुक्रबारै लिवाङ पुगिसकेका छन् ।

सडक पूर्वाधार आयोजना कार्यालय रोल्पा र एसियाटिकरराज जेभीबीच गत असोजमा निर्माण सम्झौता भएर पुल निर्माण कार्य जारी रहेको उक्त कार्यालयका प्रमुख नवीनकुमार श्रेष्ठले जानकारी दिनुभयो । लिवाङ र रोल्पा नगरपालिका–९ लाई पक्की सडकसँग जोड्ने उक्त पुलको ७ मंसिरदेखि निर्माण कार्य सुरु भएको थियो । उनका अनुसार २५ प्रतिशत काम सम्पन्न भएर निर्माण पक्षलाई भ्याटसहित ५ करोड ६१ लाख रुपैयाँ भुक्तानीसमेत भइसकेको छ ।

सामान्यतया कुनै पनि विकास कार्यको शिलान्यास गरेपछि निर्माण सुरु गरिन्छ । तर, निर्माण कार्य सकिने चरणमा रहेको पुलको शिलान्यास गर्ने बहानामा आफ्नो गुट भेला आयोजना गरेको भन्दै प्रचण्ड–माधव समूहले आपत्ति जनाएको छ ।

प्रचण्ड–माधव समूहका नेता पुनले गुट भेलाका नाममा बोलाउँदा जनता उपस्थित नहुने भएपछि बन्दै गरेको पुल शिलान्यासको बहानामा ओली गुटको भेला आयोजना गरिएको टिप्पणी गर्नुभयो । सरकारको साधनस्रोत दुरुपयोग गरेर विकासका नाममा झुक्याएर मानिस बोलाउने र आफ्नो गुट विस्तार गर्ने प्रयास भएको प्रचण्ड–माधव समूहको आरोप छ ।

निर्माण सम्पन्न भएर उदघाटन गर्नुपर्ने पुलको तामझामसहित शिलान्यास गर्न लागिएको भन्दै पुनले आपत्ति जनाउनुभयो । यसअघि मुख्यमन्त्री पोखरेल सहभागी ओली समूहको जिल्ला भेलामा ४३ जना मात्रै सहभागी भएपछि पुल शिलान्यासको बहानामा सरकारी साधन स्रोत दुरुपयोग गरेर गुट भेला गर्न लागेको पुनको टिप्पणी छ ।

बर्तमान सरकारका अर्थमन्त्री विष्णु पौडेलले ११ बर्ष अघि निर्माण सुरु भएर ८० प्रतिसतभन्दा बढी काम सम्पन्न भएको बुटवल–बेलहीया व्यापारीक मार्ग सडक विस्तार आयोजना अन्तर्गतको बुटवलको चौराह–गोपार्क चिडीयाखोला खण्डको केही दिन अगाडी पुन ः शिलन्यास गर्नुभएको थियो ।

You might also like