नेपालमा थप १०९ जनामा कोरोना संक्रमण,३५० जना डिस्चार्ज

काठमाण्डौ,१७ माघ ।
नेपालमा पछिल्लो २४ घण्टामा एक सय नौ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा तीन हजार छ सय १८ जनाको पीसीआर परिक्षण गर्दा एक सय नौ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या दुई लाख ७० हजार आठ सय ५४ पुगेको जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप तीन सय ५० जना कोरोना संक्रमित निको भएका छन् ।

यससँगै नेपालमा दुई लाख ६६ हजार ४८ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

नेपालमा हालसम्म दुई हजार २७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

यसैबीच नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या तीन हजार भन्दा तल झरेको छ ।

नयाँ संक्रमण पुष्टि हुनेको संख्या कम र निको हुनेको संख्या बढेसँगै सक्रिय संक्रमितको संख्या घटेको हो ।

नेपालमा अहिले दुई हजार सात सय ७९ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये एक सय ४४ जना आईसीयू र २५ जनाको भेण्टिलेटरमा उपचार भइरहेको छ । बाँकी आइसोलेशनमा रहेका छन् ।

You might also like