क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको अध्यक्षमा न्यौपाने
बुटवल,१८ माघ ।
नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको अध्यक्षमा सीताराम न्यौपाने निर्वाचित हुनुभएको छ ।
शनिबार राती बुटवलमा सम्पन्न महासंघको सातौ वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनबाट न्यौपाने ६० मत प्राप्त गरि अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
उनका निकटतम प्रतिद्वन्द्वी किरण थापाले ४८ मत प्राप्त गर्नुभयोे ।
महासंघको वरिष्ठ उपाध्यक्षमा श्यामराज खड्का, उपाध्यक्षमा प्रदेश १ बाट देवराज तामाङ, प्रदेश २ बाट प्रदिप कुमार खड्का, बागमती प्रदेश बाट देवराज लुईटेल, गण्डकी प्रदेशबाट लिलाधर बराल, लुम्बिनी प्रदेशबाट चद्रमणि अधिकारी, महासचिवमा पुरुषोत्तम रेग्मी, सचिवमा रोशन राज गिरी, सहसचिवमा मीन बहादुर शाही, कोषाध्यक्षमा याम बहादुर मल्ल, सहकोषाध्यक्षमा विप्लव हमाल निर्विरोध निर्वाचित हुनुभएको छ ।
अधिवेशनले महासंघको सदस्यमा अमर विक्रम शाहले ६२, बेचन शर्मा ठाकुर ६८, विकास नारायण श्रेष्ठ ५२, केदार गिरी ६४, सरोज कुँवर ६२, शारदाप्रसाद ढकाल ४६ र शंकर न्यौपानेले ४८ मत ल्याएर विजयी भएको प्रमुख निर्वाचन अधिकृत जगदिश बमले जानकारी दिनुभयो ।
अध्यक्ष बाहेक सबै पदाधिकारी निर्बिरोध निर्वाचित भए पनि अध्यक्ष र सदस्य पदमा भने निर्वाचन भएको हो ।