बाँकेमा कैलालीका कोरोना संक्रमित पुरूषको मृत्यु

नेपालगञ्ज,१८ माघ ।
बाँकेमा थप एक कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कैलालीको जोशीपुरका ८३ वर्षीय पुरुष रहेका छन् ।

उनको नेपालगञ्ज स्थित भेरी अस्पतालमा उपचारको क्रममा आइतबार बिहान ११ः३७ बजे मृत्यु भएको हो ।

उनमा माघ ७ मा कोरोना संक्रमण पुष्टि भएको थियो ।

संक्रमण पुष्टि भएसँगै आइसोलेसनको आईसीयू कक्षमा राखेर रोगको प्रकृति अनुसार उपचार गरिए पनि बचाउन नसकिएको अस्पतालले जनाएको छ ।

You might also like