२४ घण्टामा थप १०५ जनामा कोरोना संक्रमण, २८८ जना डिस्चार्ज

काठमाडौँ,१८ माघ ।
नेपालमा आइतबार थप १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ३ हजार ८ जनाको पिसिआर परीक्षण गर्दा ४१ महिला र ६४ पुरुष गरी १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ९ सय ५९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा २८८ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् भने २ जनाको मृत्यु भएको छ ।

हालसम्म नेपालमा निको हुने कोरोना संक्रमितको संख्या २ लाख ६६ हजार ३३६ पुगेको छ ।
नेपालमा हालसम्म २ हजार २९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

हाल देशभर २ हजार ५ सय ९४ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

You might also like