मानव कल्याण मित्र मञ्चले नेपाली नारीका समस्या र समाधानका उपाय विषयक वक्तित्वकला प्रतियोगिता गर्ने

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा जन्मने पहिलो १० जना वालिकालाई जनही ३१०० रुपैयांको आर्थिक सहयोग गर्ने

बुटवल १९ माघ
सामाजिक सेवाभाव गर्ने लक्ष्य सहित स्थापना भएको मानव कल्याण मित्रमञ्च नेपालले अन्र्तराष्टिय नारी दिवस र मञ्चको स्थापना दिवसको उपलक्ष्यमा चेतनामूलक सामाजिक काम गर्ने निर्णय गरेको छ ।
प्रवासी नेपाली मित्रमञ्चको नाममा भारतमा स्थापन गरिएको संस्थाको सहयोगमा नेपालमा संचालित मानव कल्याण मित्र मञ्चले नेपालमा दुखमा परेका असहाय वालवालिका अपाङ , वृद्ध ,वृद्धाहरुको सहयोगमा सामाजिक काम गदै आएको छ ।
गरिव विद्यार्थीहरुलाई न्यायो कपडा कोभिडको समयमा खान नपाएकालाई खाद्यान्य सहयोग गदै आएको छ ।
कोही साहै पीडित अवस्था भएकाहरुले सहयोगका लागि मञ्चको कार्यालयमा सम्र्पक गर्न समेत मञ्चका अध्यक्ष्य दुर्गा प्रसाद अर्यालले आह्वान गर्नु भएको छ ।
आउदो फागुन २४ गते पर्ने नारी दिवसको उपलक्ष्यमा मञ्चले तिलोत्तमा नगर स्थितरिय सामुदायिक विद्यालयका मावि तहका छात्राबीच नेपाली नारीका समस्या र समाधानका उपाय विषयक वक्तित्वकला प्रतियोगिता आयोजना गर्ने भएको छ । कार्यक्रमका लागि महिला विभाग संयोजक पार्वती केसी कविता पन्थीलाई जिम्मेवारी प्रदान गरिएको छ ।
त्यस्तै मञ्चको स्थापनाको दिन आउदो चैत्र ९ गतेका दिन लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा जन्मने पहिलो १० जना वालिकालाई जनही ३१०० रुपैयांको आर्थिक सहयोग स्वरुप अक्षयकोष स्थापना गर्ने निर्णय गरिएको मञ्चका अध्यक्ष अर्यालले बताउनु भयो ।
मञ्चका अध्यक्ष दुर्गा प्रसाद अर्यालको सभापतित्वमा संरक्षक पुरुषोतम भटृराई, धु्रवराज मरासिनी अम्बिका अर्याल महिला विभाग संयोजक पार्वती केसी कविता पन्थी लगायतको उपस्थितीमा बसेको बैठकले चेतनामुलक कार्यक्रम गर्ने निर्णय गरेको हो ।
सामाजिक काम गदै आएको मञ्चले हालै तिलोत्तमाको वनवाटिका नजिकै संचालित कोभिड आईसोलेसन सेन्टरमा २ लाख ५२ हजार बरावरको आईसियू बेड पनि प्रदान गरेको छ ।

You might also like