गोर्खा ब्वायज स्पोर्ट्स क्लबमा गुरुङको अध्यक्षतामा सर्वसम्मत नयां नेतृत्व चयन

बुटवल, १९ माघ
गोर्खा ब्वायज स्पोर्ट्स क्लबको साधारण सभा तथा आठौ अधिवेसन सम्पन्न भएको छ । सोमबार एक कार्यक्रमको अखिल नेपाल फुटबल संघ लुम्बिनी प्रदेशका अध्यक्ष भुपेन्द्र विक्रम थापा (पुकार)ले वृक्षारोपण गरि उद्घघाटन गर्नु भएकोहो । कार्यक्रममा बोल्दै अध्यक्ष थापाले नेपाली फुटबलमा धेरै समस्या र चुनौतीहरु रहेको दुखेसो गर्नु भयो ।
क्लबहरुलाई आर्थिक रुपमा सक्षम नभएसम्म फुटबल र अन्य खेल सबल हुन नसक्ने उहाँले बताउनु भयो । एन्फाले अहिले लिभिङ फुटबलको नारालाई अघि बढाएको दाबी गर्दै प्रदेशमा रहेका क्लबलाई आर्थिक रुपमा सक्षम बनाउने गरि आफुले योजना अघि बढाउने प्रतिवद्घता जनाउनु भयो ।
लुम्बिनी स्पोर्ट्स क्लबका अध्यक्ष तथा बुटवल उपमहानगरपालिका वडा नं ६ का वडाअध्यक्ष जगदिश चन्द आचार्यले खेललाई माया गर्ने, खेलमा प्रतिवद्घहरुको संख्या धेरै भएपनि चाहेजति खेल विकास गर्न नसकिएको दुखेसो गर्नु भयो । क्लबका रुपमा मात्र संख्या बढाउनेमात्र नभई क्लबले गर्ने कार्य र गतिविधिका आधारमा सरकारबाट सहयोग गर्ने गरि अघि बढ्नुपर्ने सुझाव दिनु भयो ।
बुटवल उपमहानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष नन्दु काउंचाले गोर्खा ब्वायजसंग समन्वय गरेर धेरै खेलकुद गतिविधि गरेको स्मरण गर्दै फुटबलको विकासमा महत्वपुर्ण योगदान रहेको बताउनु भयो । नगरभित्र रहेका खेलकुद गतिविधि गर्ने क्लब र मैदानका बारे जानकारी लिने काम भैरहेको उहाँले बताउनु भयो ।
लामोसमयको अध्ययनबाट बुटवलमा ३९ वटा ईन्डोर र आउटडोर खेलमैदान भएको तथ्याक अनुगमनका क्रममा देखिएको र १३ वटा पुर्वाधार बनाउन लागेको उहाँले बताउनु भयो ।
क्लबका अध्यक्ष दीर्घ बहादुर केसीले रुपन्देहीको फुटबलमा गोर्खा ब्वायज क्लबको अलग्गै पहिचान बनाएको दाबी गर्नु भयो ।
देशका विभिन्न स्थानमा हुने राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा भाग लिएर राम्रो छवि बनाउन सफल भएको उहाँले बताउनु भयो ।
कार्यक्रममा लन टेनिस संघ रुपन्देहीका सचिव गोपाल ज्ञवाली, एन्फा लिगका सदस्य दयाराम सापकोटा, क्लबका महासचिव बिष्णु प्रसाद पौडेलले खेल विकासमा स्थानिय सरकारबाट लगानी जरुरी रहेको बताउनु भयो ।

यसैबीच गोर्खा ब्वायज स्पोर्ट्स क्लबको साधारण सभा तथा आठौ अधिवेशनबाट बुद्धि बहादुर गुरुङको अध्यक्षतामा १७ सदस्यीय नया नेतृत्व सर्वसम्मत चयन भएको छ । यसैगरि क्लबको उपाध्यक्षमा दिपिका शाही ठकुरी, दयाराम सापकोटा, हरि पन्थ, महासचिवमा शंकर मल्लाह, सचिव सुशिल कुमार चौधरी, कोषाध्यक्ष बिर बहादुर दर्लामी, सहकोषाध्यक्ष सुनिल राना, चयन हुनु भएको छ ।
क्लवको सदस्यमा रोशन कुमार श्रेष्ठ, एकु थापा, रिन्जी राना, नारायण श्रेष्ठ, अशोक कुमार थापा, राकेश गुरुङ, विकास गुरुङ, हिमाल कला थापा, र प्रकाश प्रसाद श्रेष्ठ सर्वसम्मत चयन भएको प्रमुख निर्वाचन अधिकृत सुमन अधिकारीले बताउनु भयो ।

You might also like