संविधानमा प्रावधान भन्दा बाहिर गएर निर्णय गरिए नेपालको न्यायीक इतिहासका लागि कलङ्कित निर्णय कहलिने ः नेता खाँण

बुटवल १९, माघ
नेपाली काँग्रेसका केन्द्रिय सदस्य बालकृष्ण खाँणले प्रतिनिधि सभा बिघटन सम्बन्धि मुद्दामा सार्वोच्च अदालतले संविधान सम्मत रुपमा न्याय गर्नु पर्ने बताउनु भयो । काँग्रेसका भातृ संगठनहरुले सोमबार रुपन्देहीको भलवारीमा गरेको बिरोध सभालाइ सम्बोधन गर्दै नेता खाँणले संविधानमा व्यवस्था गरे भन्दा बाहिर गएर निर्णय गरिए त्यसलाइ नेपाली जनताले कदापी स्वीकार नगर्ने बताउनु भयो । अदालतले गरेका कतिपय निर्णयलाइ बिगतमा जनताले अस्वीकार गरेका दृष्टान्त प्रस्तुत गर्दै नेता खाँणले संविधानलाइ चुनौती दिएर गरिने निर्णयलाइ जनताले शिर निहुँर्याएर लुरुलुरु स्वीकार गर्छन भन्ने भ्रममा नपर्न आग्रह गर्नु भयो ।
‘अदालत संग मेरो आग्रह संगसगै चुनौती छ संविधानमा जे प्रावधान छ त्यो भन्दा बाहिर गएर निर्णय गर्नु भयो भने त्यो अनुचित निर्णयलाइ जनताले स्वीकार्ने छैनन । त्यो नेपालको न्यायीक इतिहासकालागि कलङ्कित निर्णय कहलीने छ’ नेता खाँणले भन्नु भयो । साधारण नागरिकले समेत ओलीले संबिधान मिचेको जानकारी राखेको उल्लेख गर्दै उहांले सर्वोच्च अदालतलाइ प्रधानमन्त्रीको छाँया नबन्न आग्रह गर्नु भयो ।
संसद बिघटन सम्बन्धी प्रस्ताव पास गर्दा राष्ट्रपतिले टेकेको भनिएको धारामा संसद बिघटनको कुनै प्राबधान नभएको दावी उहांले दोहोरयाउनु भयो । संविधानका कुनै धारा,दफा,उपदफा नै उल्लेख नगरी प्रम ओलीले सनकको भरमा संसद बिघटन गरेको समेत उहांले बताउनु भयो । संविधान रक्षाकालागि काँग्रेसले आफनो जीवन बलिदान दिन तयार रहेको भन्दै उहांले कम्युनिष्टहरुले संविधान र लोकतन्त्र नमान्ने दावी गर्नु भयो ।
कार्यक्रमलाइ सम्बोधन गर्दै केन्द्रिय सदस्य बद्रि पाण्डेले ओलीले आफैलाइ राजा सम्झेर नारायणहिटीको अगाडीबाट जनतालाइ हुँकार दिन खोजेको बताउनु भयो । ७० करोडको घुसकालागि बार्गेनीङ गर्ने गोकुल बास्कोटा,सरकारी जग्गा हडपेका बिष्णु पौडेल जस्ता दलाल र भ्रष्टहरुको छत्रछायामा हिड्ने ओली इतिहासकै भ्रष्ट र निरंकुश प्रम भनेर कहलिने दावी गर्नु भयो ।
कार्यक्रमलाइ सम्बोधन गर्दै नेता भरतकुमार शाहले तानाशाहको सबैभन्दा ठुलो दुस्मन जनप्रतिनिधि सभा भएकाले ओलीले पनि लोकतन्त्र भत्काउन संसद माथि आक्रमण गरेको बताउनु भयो । अदालत प्रति विश्वास व्यक्त गर्दै उनले अदालतले न्यायीक फैसला दिन नसके सडकबाटै संसद पुर्नस्थापना गरी निर्वाचनमा जाने बताउनु भयो । काँग्रेस रुपन्देहीका सभापती अब्दुल रज्जाक,पूर्व सभापती रामचन्द्र ढकाल,महिला संघका सभापती गंगा शाही,नेविसंघका केन्द्रिय उपसभापती मुक्तिराज पौडेल,तरुणदलका जिल्ला अध्यक्ष सोम गुरुङ,शन्तराम चौधरी, मिलन थापा,बुद्धिराम हरिजन,खगेस्वर पुन,रमेश शाही लगायतका युवा नेताहरुले काँग्रेसले अहिले गरेको आन्दोलन खबरदारी मात्रै भएको भन्दै संविधान विपरितको कदम नसच्चीए आन्दोनलको आँधिवेहेरी ल्याउने बताएका थिए ।
नेपाली काँग्रेसका भातृ संगठनहरुले सोमबार रुपन्देहीको भलवारीमा संसद बिघटन बिरुद्ध प्रदर्शन तथा बिरोध सभा गरे । नेपाल महिला संघ, तरुण दल, नेविसंघ,दलित संघ,भुपू सैनिक संघ,किसान संघ,आदिवासी जनजाती संघ,मुस्लिम संघ,थारु संघ,सेनानी संघ, अपाङ्ग संघ, सांस्कृतिक संघले सम्युक्त रुपमा गरेको बिरोध सभा अघि मंगलापुरबाट बिरोध रयाली निकालेका थिए ।

You might also like