बाँकेमा थप एक कोरोना संक्रमितको मृत्यु

नेपालगन्ज,२० माघ ।
बाँकेमा थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका ७ बस्ने ६६ वर्षीय पुरुष रहेका छन् ।

उनको भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा मंगलवार विहान १ः १८ बजे मृत्यु भएको हो ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीका अनुसार कोरोना संक्रमण पुष्टि भएपछि उनी पुस १३ गतेदेखि भेरी अस्पतालमा उपचाररत थिए ।

You might also like