नेकपा प्रचण्ड–माधव समूहद्वारा निर्वाचन आयोगमा दलको आधिकारिकता दाबी पेस

काठमाण्डौ,२० माघ ।
नेकपा प्रचण्ड–माधव समूहद्वारा निर्वाचन आयोगमा दलको आधिकारिकता दाबी पेस गरेको छ ।
राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार नेकपा प्रचण्ड–माधव समूहले निर्वाचन आयोगमा आधिकारिता दाबी पेश गरेको हो ।

पार्टीका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहितका नेताहरु आयोगमा पुगेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आधिकारिकता दाबी पेश गरेका हुन् । राजनीतिक दलसम्बन्धी ऐनको दफामा टेकेर दलको आधिकारिकता दाबी वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिनुभयो ।

प्रतिनिधिसभा विघटनसँगै विभाजित नेकपाको प्रचण्ड–माधव समूहले केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाएर माधवकुमार नेपाललाई अध्यक्ष चयन गरेको थियो भने ओली समूहले केन्द्रीय कमिटी विस्तार गर्दै त्यही विवरण अध्यावधिक गर्न आयोगलाई पत्रचार गरेको थियो ।

यद्यपी आयोगले ११ माघमा दुबै पक्षको दाबी नपुगेको भन्दै प्रतिनिधिसभा विघटन पछि दुवै समूहले गरेका निर्णय अमान्य ठहर गर्यो ।

त्यही कारण राजनीतिक दलसम्बन्धी ऐनअनुसार आधिकारिता दाबी गरेको प्रचण्ड–माधव समूहका नेताहरुले बताएका छन् । उनीहरुका अनुसार आयोगले माघ १२ मा जवाफी पत्र पठाएपछि २५ प्रतिशत केन्द्रीय सदस्यले बैठक माग गरेको र त्यसअनुसार सोमबार बैठक बसेको नेता राजेन्द्र पाण्डेले जानकारी दिनुभयो । बैठकमा २७५ केन्द्रीय सदस्य उपस्थित रहेको पाण्डेले बताउनुभयो ।

You might also like